वैदेशिक रोजगारीमा ठगी गर्ने ६ जना पक्राउ, विभिन्न देश पठाउने भन्दै रकम असुली
प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूले क्यानडा, न्यूजिल्याण्ड, युके, अमेरिका, युएई र सर्बिया जस्ता देशहरूमा आकर्षक तलबको आश्वासन दिँदै पीडितहरूबाट लाखौं रुपैयाँ असुलेर सम्पर्कविहीन भएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।