दुग्ध विकास संस्थानको केन्द्रीय कार्यालयमा सिआइबीको छापा, कागजात नियन्त्रणमा
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दुग्ध विकास संस्थान (डिडिसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा छापा मारेको छ। डिडिसीसँग सम्बन्धित केही सूचनाका आधारमा प्रहरी टोलीले कार्यालयमा पुगेर केही कागजात नियन्त्रणमा लिएको सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले पुष्टि गरेका छन्। अनुसन्धान जारी रहेको र थप विवरण खुलाइएको छैन।