कांग्रेसद्वारा प्रधानमन्त्री बालेन शाहको गणतन्त्र दिवस सम्बोधन नगर्ने निर्णयको आलोचना
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गणतन्त्र दिवसको मूल समारोहमा प्रधानमन्त्री बालेन शाहले सम्बोधन नगर्ने निर्णयलाई गैरजिम्मेवार र जनताप्रतिको उत्तरदायित्वको कमी भन्दै आपत्ति जनाएको छ । कांग्रेसले सरकार बहुमतको आडमा हिँडेको र प्रतिपक्षको आवाज नसुनेको आरोप लगाएको छ ।