महोत्तरीको सोनमाका प्रमुख प्रशासकीय अधिकृत ७२ हजार रुपैयाँ घूससहित पक्राउ

यस स्टोरीको अंश: घुस रकमसहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव अख्तियारको नियन्त्रणमा
bizmandu.com · 6 दिन अघि

महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घूस लिएको रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले उनलाई सेवाग्राहीबाट घूस लिइसकेको अवस्थामा शुक्रबार नियन्त्रणमा लिएको हो। अख्तियारका अनुसार सडक ढलान योजनाको कार्य सम्पन्न भएपछि भुक्तानी प्रक्रिया मिलाइदिने क्रममा यादवले विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख हैरानी दिँदै घुस माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू