दृष्टिविहिन चेस प्रतियोगिता सम्पन्न, सन्देश स्याङ्बो च्याम्पियन
नेपालमा पहिलोपटक आयोजित दुई दिने ‘पभिलियन दृष्टिविहिन चेस प्रतियोगिता’ सम्पन्न भएको छ। राष्ट्रिय सहकारी महासंघ हरिहरभवनमा आयोजित प्रतियोगितामा आदर्श सेकेण्डरी स्कुलका सन्देश स्याङ्वोले उपाधि जितेका छन्। प्रतियोगितामा महिलातर्फ ल्यावोटरी स्कूल, किर्तिपुरकी ऋतिका घिमिरे प्रथम भइन्।