रासायनिक मल आपूर्तिको तयारी: ९५ हजार टनको टेन्डर सम्पन्न, ५ हजार टन भित्रियो
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा किसानहरूका लागि रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्ने विषयमा छलफल भएको छ। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रवक्ता कुमार राजभण्डारीले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९५ हजार मेट्रिक टन मल खरिदको टेन्डर प्रक्रिया सम्पन्न भएको र ५ हजार टन मल भित्रिसकेको जानकारी दिए। कृषि विकास सचिव डा. राजेन्द्र प्रसाद मिश्रले मल व्यवस्थापनमा निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्ने आवश्यकता औंल्याए।