सरकारले स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्ने, तीन वर्षमा ९०% नागरिकलाई समेट्ने लक्ष्य
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी तीन वर्षभित्र ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने लक्ष्य राखिएको बताएका छन्। यसका साथै, छरिएर रहेका सामाजिक सुरक्षा स्वास्थ्य कार्यक्रम र स्वास्थ्यसम्बन्धी दायित्वलाई एकीकृत गरी एकल भुक्तानी विधि अपनाइनेछ।