विश्व दुग्ध दिवसको अवसरमा काठमाडौंमा कविता प्रतियोगिता सम्पन्न
नेपाल डेरी एसोसिएसनको आयोजनामा काठमाडौं इङ्गलिस स्कुल, नक्सालमा विश्व दुग्ध दिवसको पूर्वसन्ध्यामा कविता प्रतियोगिता सम्पन्न भएको छ। 'दुग्ध क्षेत्रको दिगो विकास: पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार' तथा 'महिला कृषकहरूको सम्मान' भन्ने नाराका साथ आयोजित कार्यक्रममा दुग्धजन्य पदार्थको उपयोगिताबारे छलफल गरियो। कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले विद्यालय पाठ्यक्रममा कृषक र कृषि पेशालाई कमजोर रूपमा चित्रण गरिएको विषयमा आपत्ति जनाउँदै पाठ्यक्रम परिमार्जनका लागि ध्यानाकर्षण गराए।