गगन थापाको बजेट आलोचना: संरचनागत सुधार सकारात्मक, गरिबप्रति सरकार अनुदार
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आगामी आर्थिक वर्षको बजेटमा केही संरचनागत र नीतिगत सुधारका प्रयास सकारात्मक भए पनि सरकारले न्यून आय भएका र विपन्न वर्गका समस्या सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन्। उनले बजेटले गरिबी निवारणभन्दा 'गरिब मास्ने' नियत राखेको आरोप लगाएका छन्।