रोङ गाउँपालिकाले आइतबार बिदा नदिने
▸ यस स्टोरीको अंश: रोङ गाउँपालिकाले संघीय सरकारको आइतबार बिदा दिने निर्णय अस्वीकार गर्यो
इलामको रोङ गाउँपालिकाले आइतबार पनि सरकारी कार्यालय बन्द हुने संघीय सरकारको निर्णय अस्वीकार गर्ने भएको छ। सोमबार बसेको गाउँ कार्यपालिका बैठकले बुधबारदेखि लागू हुनेगरी सामुदायिक विद्यालयबाहेक अन्य कार्यालयहरू पुरानै समय तालिकामा सञ्चालन हुने निर्णय गरेको हो। गाउँपालिकाका अध्यक्ष मणि कुमार स्याङ्बोले पहाडी जिल्लाको भौगोलिकता अनुसार सेवा प्रवाह गर्न नसकिने भन्दै आइतबार पनि बिदा दिएर सोमबारदेखि बिहान ९ बजेबाट कार्यालय संचालन गर्नु अव्यावहारिक भएको बताए । उनले ९ बजे कार्यालय लाग्ने नियम लागू भए पनि त्यस्तो नियम लागू भएको मितिदेखि हालसम्म रोङ गाउँपालिकाको कुनै कार्यालयमा १० बजे अगाडि नै सेवाग्राही उपस्थित नभएको दाबी गरे।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित