आर्थिक सर्वेक्षण २०८२/८३: ४१ लाखभन्दा बढी स्मार्ट चालक अनुमतिपत्र वितरण, ६२ लाख सवारी साधन दर्ता
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार, २०८२ फागुनसम्म ४१ लाख १४ हजार १८१ थान सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण भएको छ। यस अवधिमा कुल ६२ लाख ४९ हजार ७३२ यातायातका साधन दर्ता भएका छन्, जसमध्ये ५० लाखभन्दा बढी मोटरसाइकल रहेका छन्। इम्बोस्ड नम्बर प्लेट उत्पादनको तुलनामा जडान प्रक्रिया भने सुस्त देखिएको छ।