सोन्या गुरुङद्वारा हङकङमा नेपाली फेसन र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति
फेसन आर्ट निर्देशक तथा स्टाइलिस्ट सोन्या गुरुङले हाइभ स्टुडियो हङकङसँगको सहकार्यमा ‘माउण्टेन्स टु द मिट-च्याप्टर वान’ नामक परियोजना सफलतापूर्वक सम्पन्न गर्नुभएको छ । यस परियोजनामार्फत नेपाली कपडा तथा परम्परागत गहनालाई सिर्जनात्मक फेसनकला र दृश्य कथा वाचनमार्फत् अन्तर्राष्ट्रिय मोडलहरूको सहभागितासहित प्रस्तुत गरिएको थियो । यसको उद्देश्य नेपाली कपडा र गहनालाई विश्व मञ्चमा पुर्याउनु रहेको बताइएको छ ।