चलचित्र सम्बन्धि विधेयक संघीयता अनुकूल नभएको विपक्ष दलहरूको आरोप

यस स्टोरीको अंश: सञ्चारमन्त्री तिमिल्सिनाले चलचित्र विधेयकलाई समयसापेक्ष बनाउने प्रतिबद्धता व्यक्त गरे
www.lokpath.com · 1 दिन अघि

विपक्ष दलका सांसदहरूले सरकारले ल्याएको चलचित्र सम्बन्धि विधेयक संघीयता अनुकूल नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले सो विधेयकमा सरकारले चलचित्र क्षेत्रलाई नियन्त्रण गर्ने मनसाय राखेको भन्दै आपत्ति जनाएका हुन् । कांग्रेसकी सांसद रेखाकुमारी यादवले उक्त विधेयक संघीयता अनुकूल नल्याएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । नेकपा (एमाले) की सांसद पद्माकुमारी अर्यालले सरकारले सामाजिक सहिष्णुता भड्काउने प्रवृत्ति चलचित्रको पात्र र कथाहरूमा स्थापित हुने अहंकार नीतिगत रूपमा नै निरुत्साहित गर्नुपर्नेमा जोड दिइन् । श्रम संस्कृति पार्टीले विधेयकले चलचित्र क्षेत्रलाई प्राथमिकतामा नराखेको गुनासो गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामाले सरकारले चलचित्र क्षेत्रलाई नियन्त्रण गर्न खोजेको आरोप लगाइन् । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले सरकारले चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिनुपर्ने आवश्यकता औँल्याए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू