नेपाली सेनाद्वारा दाङमा स्वास्थ्य शिविर, सयौं लाभान्वित
नेपाली सेनाको ज्वालादल गणले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्थानीय पालिकाको सहकार्यमा दाङको राजपुर गाउँपालिकामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। यस शिविरबाट करिब पाँच सय स्थानीय बासिन्दाले विभिन्न रोगको परीक्षण, परामर्श र आवश्यक औषधी वितरणसहित स्वास्थ्य सेवा प्राप्त गरेका छन्। ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको थियो।