गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे भन्छन्, नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वमा शक्ति राष्ट्रहरूबीचको द्वन्द्वले सामाजिक र आर्थिक क्षेत्र प्रभावित भएकाले नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्ने बताएका छन् । पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्रिय हितको संरक्षणका लागि नेपालीहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए ।