पोखरा महानगरपालिकाले अतिक्रमित संरचना हटाउँदै, सडक विस्तारको तयारी
पोखरा महानगरपालिकाले पृथ्वीचोकको मूल सडक क्षेत्रमा रहेका अतिक्रमित संरचनाहरू हटाउने अभियान सुरु गरेको छ। पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा बनेका भवनहरू डोजर लगाएर भत्काइनेछ। महानगर प्रमुख धनराज आचार्यका अनुसार जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाएर उक्त क्षेत्रमा दुई लेनको सडक निर्माण गरिनेछ।