रात्रीकालिन व्यवसायलाई मर्यादित श्रम गन्तव्यका रूपमा विकास गर्न जोड
▸ यस स्टोरीको अंश: पत्रकार महासंघ अध्यक्ष शर्माद्वारा प्रेस स्वतन्त्रता कुण्ठित हुने खतरा व्यक्त
दोहोरी रेष्टुरेन्ट, डान्सबार, गजल रेष्टुरेन्टलगायतका रात्रीकालिन व्यवसायलाई मर्यादित श्रम गन्तव्यका रूपमा विकास गर्न श्रम ऐन २०७४ को कार्यान्वयनमा जोड दिइएको छ । विश्वास नेपालद्वारा राजधानीमा आयोजित “मनोरञ्जन क्षेत्र र जोखिमयुक्त क्षेत्रमा काम गर्ने महिला श्रमिकको समस्या र चुनौती”बारे छलफल कार्यक्रममा सहभागीहरूले सो क्षेत्र व्यवस्थित पार्न बनाएको कानुनको पूर्ण पालना व्यवसायीहरु गर्नुपर्नेमा जोड दिएका छन् । अधिवक्ता शितल सुवेदीले श्रम ऐन २०७४ बारे कार्यपत्र प्रस्तुत गर्दै श्रम ऐनको कार्यान्वयनले व्यवसायी र श्रमिक दुई पक्ष नै फाइदामा रहने दावी गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›