पोखरा महानगरपालिकाद्वारा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामाथि डोजर चलाइयो
पोखरा महानगरपालिकाले पृथ्वीचोक बसपार्क क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ। सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रण अभियानअन्तर्गत महानगरपालिका-९ मा डोजर प्रयोग गरी टहरा तथा अन्य संरचना हटाइएको हो। यो अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ।