पूर्वराष्ट्रपति यादव भन्छन्, 'हिमालय संरक्षण विश्वकै साझा दायित्व हो'
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी र पारिस्थितिकीय प्रणालीमा परिरहेको असरप्रति चिन्ता व्यक्त गर्दै हिमालय क्षेत्रको संरक्षण नेपालको मात्र नभई विश्वकै साझा दायित्व भएको बताएका छन् । उनले यसको संरक्षणमा विश्वव्यापी सहकार्य आवश्यक रहेकोमा जोड दिए । पर्यटन नेपालको समृद्धिको मुख्य आधार भएको र यसले विभिन्न संस्कृति र राष्ट्रहरूबीच आपसी समझदारी अभिवृद्धि गर्ने उनको भनाइ छ ।