मेची–महाकाली जनजागरण यात्रा ढल्केबरमा
▸ यस स्टोरीको अंश: मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि १५ सदस्यीय टास्क फोर्स गठन
चुरे क्षेत्र तथा प्राकृतिक स्रोतको संरक्षणको माग गर्दै सञ्चालन गरिएको ‘मेची–महाकाली जनजागरण एवं हस्ताक्षर अभियान यात्रा’ धनुषाको ढल्केबर आइपुगेको छ । चुरे तथा वनजङ्गल संरक्षण अभियानको आयोजनामा निकालिएको यो यात्राले चुरे क्षेत्रको विनाश रोक्न र राज्यलाई आवश्यक दबाब दिन देशव्यापी जनजागरण अभियान सञ्चालन गरेको छ । अभियानका अध्यक्ष सुनिल यादवले चुरे क्षेत्रमा भइरहेको अवैध उत्खनन तथा क्रसर उद्योग नियन्त्रण, अतिक्रमित नदी तथा खोलानालाको संरक्षण, प्रदूषण नियन्त्रण, वनजङ्गल फँडानी रोकथाम र जडीबुटीको अवैध दोहन अन्त्यको माग गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›