साल्ट ट्रेडिङ कर्पोरेशनले आगामी वर्षका लागि ९५ हजार मेट्रिक टन मल खरिदको टेण्डर सम्पन्न गरेको जनायो
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका उपप्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता कुमार राजभण्डारीले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९५ हजार मेट्रिक टन रासायनिक मल खरिदको टेण्डर प्रक्रिया सम्पन्न भएको बताएका छन्। उनले बजेट व्यवस्थापन मुख्य चुनौती रहेको उल्लेख गर्दै किसानलाई बाली लगाउने मौसमअघि मलको सहज आपूर्ति सुनिश्चित गर्न तयारी भइरहेको स्पष्ट पारे।