प्रसिद्धबहादुर पाण्डेले नेपाललाई १०० अर्ब डलरको अर्थतन्त्र बनाउने रोडम्याप प्रस्तुत गरे
साङ्ग्रिला ग्रुपका प्रबन्ध निर्देशक प्रसिद्धबहादुर पाण्डेले 'प्राइम मिनिस्टर एन्ड प्रस्पेरिटी' गेटिङ नेपाल टु सय बिलियन जीडीपी' नामक नयाँ पुस्तक सार्वजनिक गरेका छन्। यस पुस्तकमा उनले नेपाललाई १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्रमा पुर्याउनका लागि 'प्राइम मिनिस्टर डेलिभरी सिस्टम' नामक एक केन्द्रीय कार्यान्वयन संयन्त्रको प्रस्ताव गरेका छन्। पाण्डेका अनुसार नेपालको समस्या स्रोतको अभाव नभई कार्यान्वयन क्षमताको कमी हो।