पोखरा बसपार्क जग्गा विवाद छानबिन गर्न तीन सदस्यीय समिति गठन
पोखरा महानगरपालिकाले बसपार्क निर्माणका लागि २०३० सालमा अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री वितरण र क्षतिपूर्ति प्रक्रियाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश शंकरराज बरालको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको छ। नगर प्रमुख धनराज आचार्यका अनुसार, केही व्यक्तिले नपाउनुपर्ने क्षतिपूर्ति पाएको र वितरण प्रक्रियामा असमानता भएको गुनासो आएपछि यो समिति गठन गरिएको हो।