सार्वजनिक बिदामा सर्वोच्च अदालत आंशिक खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने
लगातार चार दिन सार्वजनिक बिदा परेकाले सर्वोच्च अदालतले बिहीबार र शुक्रबार आंशिक रुपमा सेवा सञ्चालन गर्ने भएको छ। यस अवधिमा बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदन दर्ता तथा सुनुवाइका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला रहनेछ। अत्यावश्यक मुद्दामा असर नपरोस् भन्ने उद्देश्यले सीमित सेवा सञ्चालन गर्न लागिएको हो।