वार्ता जारी रहेकै बेला अमेरिकाले इरानमाथि हवाई आक्रमण गरेको दाबी
अमेरिका र इरानबीच युद्धविराम र शान्ति सम्झौताका लागि कूटनीतिक प्रयास जारी रहेकै बेला अमेरिकी सेनाले दक्षिणी इरानमा हवाई आक्रमण गरेको छ। अमेरिकी सेन्ट्रल कमान्डले इरानी क्षेप्यास्त्र क्षेत्रहरू र समुद्री सुरुङ बिछ्याउन खोजिरहेका डुङ्गाहरूलाई लक्षित गरी यो कारबाही आत्मरक्षाका लागि गरिएको र इरानी फौजबाट आफ्ना सैनिकहरूमाथि हुन सक्ने खतराबाट जोगाउन चालिएको कदम भएको दाबी गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकासँगको वार्तामा केही प्रगति भएको तर द्वन्द्व अन्त्य गर्ने सम्झौता तत्कालै भइहाल्ने सम्भावना नरहेको बताएका छन्।