विद्युत् खपत बढ्दा पेट्रोलियम पदार्थको खपत घट्यो, ९९.१% जनसंख्यामा बिजुलीको पहुँच
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार, देशभर ९९.१ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको छ जसले गर्दा पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै गएको छ। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म पेट्रोल र डिजेलको खपत क्रमशः १० प्रतिशत र ९.९ प्रतिशतले घटेको छ। यससँगै मुलुकको कुल विद्युत् जडित क्षमता ४,१०५ मेगावाट पुगेको छ र भारततर्फ २,९१८ गिगावाट घण्टा विद्युत् निर्यात भएको छ।