सुकुम्बासी बस्ती भत्काइयो, पुनर्स्थापना अन्योलमा
सरकारले काठमाडौं उपत्यकाका थापाथलीसहितका विभिन्न क्षेत्रमा अनधिकृत रुपमा बसोबास गर्दै आएका अव्यवस्थित सुकुम्बासीहरूको घरटहरा भत्काएको एक महिना बितिसक्दा पनि उनीहरूको उचित व्यवस्थापन र पुनर्स्थापनाको विषय अन्योलमा छ । वागमती नदी किनारका अव्यवस्थित संरचनाहरू हटाएपछि उक्त क्षेत्र हाल बगरमा परिणत भएको छ । विस्थापित बासिन्दाहरूको उचित पुनस्र्थापना र व्यवस्थापनको विषय अझै अन्योलमा रहेको छ ।