Baahrakhari Nepali Digital Newspaper Clickmandu
4 स्रोत · 4 समाचार
सुरु 4 दिन अघि · अपडेट 4 दिन अघि

मध्यनेपालमा रैथाने हाटबजार सुरु, स्थानीय उपजको बजारीकरणमा जोड

Photo · gorkhapatraonline.com

लमजुङको मध्यनेपाल नगरपालिका–४ दुईपिप्ले बजारमा किसानको रैथाने तथा स्थानीय कृषि उपजको प्रबद्र्धन र बजारीकरण गर्ने उद्देश्यले रैथाने हाटबजार सुरु भएको छ। यो हाटबजार महिनाको दुई दिन शनिबार बिहान सञ्चालन हुनेछ। नगरपालिका प्रमुख रमेश कुमार पाण्डेले स्थानीय किसानले उत्पादन गरेका उपजलाई बजारीकरण गर्न र पालिकालाई कृषिमा आत्मनिर्भर बनाउन हाटबजारले सहयोग पुगेको बताएका छन्।

  • हाटबजार सञ्चालन गर्नका लागि वडाअध्यक्ष रामबहादुर श्रेष्ठको संयोजकत्वमा जनप्रनिधि, किसान, कृषि र पशु शाखाका प्रमुख रहनेगरि सञ्चालन समिती गठन गरिएको छ।
  • हाटबजारमा स्थानीय तथा रैथाने उत्पादन जस्तै हरिया तरकारी, कटहर, कर्कलो, केरा, मेवा, निउरो, कुरिलो, फापर, कोदो, कागुनोको पिठो, डोका, नाम्ला, थुन्से, कुचो, मादल, ठेकीलगायतका हस्तकलाका सामाग्री विक्रीका लागि ल्याइने गरेका छन्।
  • नेपाल कृषि अनुसन्धान परिषदको सहयोगमा मध्यनेपालमा परम्परागत कोदो र कागुनो खेतीको प्रवद्र्धनात्क कार्यक्रम पनि गरिएको छ।
  • नगर उपप्रमुख सीता गुरुङले उत्पादित कृषि वस्तु विक्री गर्न पाउँदा किसानहरु खुसी भएको बताएकी छन्।
शेयर ↗
सम्बन्धित
किसानहरू रासायनिक मलको अभाव र वन्यजन्तुको आतङ्कले चिन्तित किसानहरू रासायनिक मलको अभाव र वन्यजन्तुको आतङ्कले चिन्तित

किसानहरूले खेतीपातीको मुख्य समयमा रासायनिक मल पाउन सास्ती खेप्नुपरेको गुनासो गरेका छन्। भक्तपुरको ताथलीमा आयोजित सार्वजनिक कार्यक्रममा सहभागी किसानहरूले पाँच किलो मल लिन पाँच घण्टा लाइन बस्नुपरेको बताए। यसैबीच, सांसद रामप्रसाद ढुंगानाले बाँदर, बँदेल र चितुवाको आतङ्कले किसानहरू थातथलो छोडेर बसाइ सर्न बाध्य भएको भन्दै सरकारसँग वन्यजन्तु नियन्त्रणका लागि ठोस नीति नभएको आरोप लगाएका छन्।

4 समाचार · 8 घण्टा अघि
असिनाको असरले ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा काभ्रेका किसान चिन्तित असिनाको असरले ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा काभ्रेका किसान चिन्तित

काभ्रेपलाञ्चोकका किसानहरू यसपालि असिना–पानीका कारण बहुमूल्य ‘बुद्धचित्त’को गुणस्तर खस्कने र आम्दानी घट्ने चिन्तामा छन् । वैशाखमा परेको असिना–पानीले बुद्धचित्तका दानामा दाग लागेकाले व्यापारीले गत वर्षजस्तो मूल्य नदिने उनीहरूको भनाइ छ ।

11 समाचार · 8 घण्टा अघि
नेपाल डेरी एसोसिएसनद्वारा विश्व दुग्ध दिवसको अवसरमा कविता प्रतियोगिता र अभिमुखीकरण तालिम सम्पन्न नेपाल डेरी एसोसिएसनद्वारा विश्व दुग्ध दिवसको अवसरमा कविता प्रतियोगिता र अभिमुखीकरण तालिम सम्पन्न

नेपाल डेरी एसोसिएसनले विश्व दुग्ध दिवसको अवसरमा काठमाडौं र काभ्रेपलाञ्चोकको नालामा कविता प्रतियोगिता तथा स्वच्छ दूध उत्पादन सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न गरेको छ। कार्यक्रमले दुग्ध क्षेत्रको दिगो विकास, पोषण सुरक्षा, आर्थिक समृद्धिका साथै महिला कृषकहरूको सम्मानलाई केन्द्रमा राखेको थियो। एसोसिएसनले विद्यालय पाठ्यक्रममा कृषक र कृषि पेशाको चित्रणबारे ध्यानाकर्षण गराउँदै परिमार्जनको माग गरेको छ।

8 समाचार · 9 घण्टा अघि
बागवानीविद् शिवबहादुर नेपाली प्रधानको ‘कृषि विकासका योजना’ पुस्तक प्रकाशित बागवानीविद् शिवबहादुर नेपाली प्रधानको ‘कृषि विकासका योजना’ पुस्तक प्रकाशित

पहिलो पुस्ताको बागवानीविद् ९० वर्षीय शिवबहादुर नेपाली प्रधानको ‘प्लानिङ फर एग्रिकल्चर डेभलपमेन्ट’ (कृषि विकासका लागि योजना) नामक पुस्तक प्रकाशित भएको छ। पुस्तकले पहाडी क्षेत्रमा कृषि उत्पादनको सुदृढीकरण र पारिवारिक खेतीको विकासका लागि दीर्घकालीन योजना, जनशक्तिमा लगानी र बजार व्यवस्थापन अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।

3 समाचार · 12 घण्टा अघि