कृषि समितिले रासायनिक मल आपूर्तिको विषयमा छलफल गर्ने
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले किसानहरूका लागि रासायनिक मलको सहज आपूर्ति, मौज्दात र वितरण प्रणालीबारे छलफल गर्न कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका पदाधिकारीहरूसँग बैठक बोलाएको छ। बाली लगाउने मौसम नजिकिँदै गर्दा मलको उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले यो बैठक बस्दैछ।