राष्ट्रपति पौडेलद्वारा सगरमाथाको संरक्षण र दिगो पर्यटनमा जोड, जलवायु परिवर्तनको चिन्ता व्यक्त
राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथाको प्राकृतिक स्वरूपलाई जीवन्त राख्न र हिमाली वातावरणको संरक्षण गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्। उनले विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो चुनौतीप्रति चिन्ता व्यक्त गर्दै सगरमाथा क्षेत्रको पर्यावरण तथा जैविक विविधता संरक्षण गर्न थप प्रयास र सहकार्यको आह्वान गरेका छन्।