रौतहट प्रहरीले चेक अनादर मुद्दामा १६ जनालाई पक्राउ गर्यो
रौतहट प्रहरीले फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियान अन्तर्गत जेठ १२ गते १६ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये १२ जना चेक अनादर मुद्दाका अभियुक्त रहेका छन्। प्रहरीले उनीहरूलाई रौतहट जिल्ला अदालतमा बुझाएको छ।