नयाँ संघीय संसद् भवनको नीलो रंग र डिजाइनमाथि चर्कियो बहस
सिंहदरबार परिसरमा निर्माण सम्पन्न भएको नयाँ संघीय संसद् भवनको भित्री सजावट, विशेषगरी नीलो रंगको व्यापक प्रयोगले सार्वजनिक बहस निम्त्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग नीलो रंगलाई जोडेर गरिएका व्याख्याले बहस थप चर्काएको छ। केही सांसद र आलोचकहरूले यसको संसदीय वातावरणसँगको मेल र हलको संरचनामाथि प्रश्न उठाएका छन्।