सुरु 1 हप्ता अघि
·
अपडेट 1 हप्ता अघि
देशभर मेघगर्जन, चट्याङसहित वर्षा र हिमपातको सम्भावना
Photo · gorkhapatraonline.com
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावले देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि छ।
- गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदली हुनेछ।
- कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।
- तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ।
- हाल गण्डकी प्रदेशका थोरै स्थानमा, लुम्बिनी र कोशी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
घटनाक्रम (33)
1 हप्ता अघि
clickmandu.com
clickmandu.com