धनगढी सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ५२.३९ पुग्यो
धनगढी उपमहानगरपालिकाका सामुदायिक विद्यालयहरूको यस वर्षको एसईई परीक्षामा उत्तीर्ण प्रतिशत ५२.३९ पुगेको छ । यस वर्ष १ हजार ५४८ विद्यार्थी सहभागी भएकामा ८११ जना उत्तीर्ण भएका छन् । उपमहानगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।