शैक्षिक परामर्शका नाममा कीर्ते र ठगी गर्नेलाई कारबाही गर्न माग

यस स्टोरीको अंश: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पठनपाठन सुरु
nepalnews.com · 2 दिन अघि

वैदेशिक अध्ययन परामर्श सेवामा संलग्न चार संस्थाले नक्कली कागजात, ठगी र वित्तीय हिनामिनाजस्ता फौजदारी प्रकृतिका कार्यमा संलग्न व्यक्ति वा संस्थामाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न माग गरेका छन्। स्वतन्त्र शैक्षिक परामर्श सङ्घ, नेपाल (फेकोन) का अध्यक्ष उमेश कुश्वार, राष्ट्रिय शैक्षिक परामर्श सङ्घ (नेका) का अध्यक्ष भूपेन्द्र सिटौला, नेपाल शैक्षिक परामर्श सेवा सङ्घ (नेस्का) का अध्यक्ष सन्तोष खनाल र ऐरी नेपालका अध्यक्ष द्विराज शर्मा शिवाकोटीले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, मर्यादित तथा उत्तरदायी बनाउन प्रतिबद्धता जनाएका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू