निजी क्षेत्रले बजेटको स्वागत गर्यो, घरजग्गा प्रदर्शनी असोजमा
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्र र बजार चलायमान बनाउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। बजेटका प्रावधानहरूले आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने, आयकर सुधार, युवा लक्षित कार्यक्रम र आईटी क्षेत्रलाई प्राथमिकता दिइएको उनले बताए। यसैबीच, ‘९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।