मेटाले फिफा विश्वकपमा अनलाइन ठगी रोक्न नयाँ सुरक्षा उपाय घोषणा गर्यो
मेटाले फिफा विश्वकप २०२६ का क्रममा खेलाडी र समर्थकलाई अनलाइन ठगीबाट जोगाउन नयाँ सुरक्षा उपायको घोषणा गरेको छ। यसका लागि कम्पनीले फेसबुकमा टिकट खरिद गर्दा वा खेलसम्बन्धी समूहमा प्रवेश गर्दा विशेष 'पप-अप अलर्ट' देखाउने व्यवस्था गरेको छ। विश्वकपलाई लक्षित गरी हुनसक्ने डिजिटल ठगी नियन्त्रण गर्न मेटाले विशेष टोलीसमेत परिचालन गरेको छ।