सरकारले कृत्रिम बुद्धिमत्ता, फिनटेक मार्केटप्लेस र टेक हबमा लगानी गर्ने घोषणा गर्यो
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत कृत्रिम बुद्धिमत्ता (एआई), स्वच्छ ऊर्जा, डिजिटल पूर्वाधार र वित्तीय क्षेत्र सुधारलाई उच्च प्राथमिकता दिँदै नेपाललाई क्षेत्रीय प्रविधि हबका रूपमा विकास गर्ने रणनीतिक योजना अघि सारेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै नेपाल राष्ट्र बैंकको सुपरीवेक्षणमा ‘फिनटेक मार्केटप्लेस’ स्थापना गरिने र नेपाल टेलिकमको सेयर सर्वसाधारणमा बिक्री गरी प्राप्त रकम ‘टेक हब’ निर्माणमा खर्च गरिने घोषणा गरे।