अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा फिर्केखोला र बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन अन्तिम चेतावनी
prasashan.com · 1 हप्ता अघि

पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित पोखरा बसपार्क र पोखराको मध्य भागबाट बग्ने फिर्के खोलाको अतिक्रमित जग्गा खाली गराइने भएको छ । महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै फिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना व्यक्ति संस्था स्वयंले हटाउन निर्देशन दिएको हो । यसअघि पनि सूचना जारी गर्दा उच्च अदालत पोखरामा मुद्दा दायर भएकोमा अदालतबाट उत्प्रेषण र परमादेशको आदेश जारी गर्नु नपर्ने भनी फैसला भइसकेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू