नवीकरण नगर्ने संघलाई राखेपले कारबाही गर्ने
▸ यस स्टोरीको अंश: राष्ट्रिय खेलकुद परिषद्ले एन्फामाथिको निलम्बन फुकुवा गर्योराष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेल संघहरुलाई असार १५ गतेभित्र नवीकरण गर्न सूचना जारी गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा नियमावली, २०७९ बमोजिम नवीकरण गर्न पटक पटक सूचना प्रकाशन गर्दा पनि हालसम्म कार्यान्वयन नभएको भन्दै राखेपले असार १५ गतेसम्मको समय दिएर सूचना जारी गरेको हो । तोकिएको समयभित्र नवीकरण नभएमा प्रचलित कानून बमोजिम खारेजको प्रक्रिया अगाडि बढाइने राखेपले जनाएको छ । हालसम्म दर्ता भएका ७५ मध्ये ३३ खेल संघले नवीकरण गरेका छैनन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›