प्रधानमन्त्री शाहले भने : ‘वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ’

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहद्वारा ईयू राजदूतहरूसँग भेटवार्ता: जीवनस्तर उकास्ने र सुशासन कायम गर्ने प्रतिबद्धता
prasashan.com · 1 दिन अघि

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) तथा यसका सदस्य राष्ट्रका राजदूतहरूसँगको भेटमा उनले नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न प्रतिबद्ध रहेको बताए । नेपालको विकास तथा समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग पुर्‍याउँदै आएका विकास साझेदार र मित्रराष्ट्रहरूप्रति आभार व्यक्त गर्दै उनले व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटन तथा अन्य प्रमुख क्षेत्रमा सहकार्य गर्न नेपाल लागिपरेको स्पष्ट पारे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू