बढिरहेका इभी दुर्घटना: बिजुली गाडी असुरक्षित कि पूर्वाधार कमजोर ?
▸ यस स्टोरीको अंश: डा. तोसिमा कार्कीद्वारा सडक दुर्घटनालाई ‘अघोषित महामारी’ भन्दै राष्ट्रिय ट्रमा नीति माग
नेपालमा विद्युतीय सवारी साधन (इभी) को प्रयोग बढ्दै गएसँगै दुर्घटनाको संख्या पनि बढेको छ। प्रहरी तथ्यांक अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म देशभर एक हजार ३१६ इभी दुर्घटना भएका छन्, जसमा ५५ जनाको मृत्यु भएको छ। दुर्घटनाका मुख्य कारणहरूमा चालकको अभ्यस्त नहुनु, नयाँ प्रविधिबारे तालिम र सचेतनाको अभाव, र सडक पूर्वाधार कमजोर हुनु रहेको छ। इभीको आयात बढ्दो छ तर चार्जिङ स्टेसन, दक्ष जनशक्ति र मर्मतका लागि पूर्वाधारको अभाव छ।
पूरा लेख पढ्नुहोस् (9 मिनेट) ›