गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र नै हो : अध्यक्ष दाहाल
▸ यस स्टोरीको अंश: पूर्वराष्ट्रपति भण्डारी र अध्यक्ष दाहालद्वारा गणतन्त्रलाई परिपक्व र परिणाममुखी बनाउन आह्वान
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र नै हुने बताएका छन्। नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिन गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै सो कुरा बताएका हुन्। संविधानले निर्दिष्ट गरेअनुरुप समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासनसहितको राज्य सञ्चालनका पक्षमा दृढतापूर्वक उभिनु अहिलेको आवश्यकता भएको अध्यक्ष दाहालको भनाइ छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित