प्रकृतिपूजकमा जागेको मूर्तिमोह
▸ यस स्टोरीको अंश: सिंहदरबारको ४६ रोपनी जग्गा अतिक्रमणमा परेको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ
तीन प्रसंगबाट यो लेखको उठान गर्नु सान्दर्भिक हुन्छ। पहिलो, पूर्वमाओवादी नेता, पूर्व पर्यटनमन्त्री सुदन किराती गत २५ वैशाखमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेपछि चार वर्षअघिको भोजपुरको ‘मूर्तिकाण्ड’ का क्लिपहरू सामाजिक सञ्जालमा फेरि देखा परेका छन्। संघीय सरकारको बजेटबाट निर्माण गरिएका सुम्निमा-पारुहाङको मूर्ति मैयुङको हाँसपोखरीमा तोडफोड गरिएको अवस्थामा छ भने यलम्बरको मूर्ति टेम्केमैयुङ गाउँपालिका-१, सावामा शिक्षक प्रेम साम्पाङको घुर्यानमा राखिएको छ। २०७९ सालको स्थानीय, प्रदेश र संघीय तीनवटै तहको निर्वाचनमा सुम्निमा-पारुहाङ र यलम्बरको मूर्तिमा भ्रष्टाचार भएकोबारे दल र नेताहरू आरोप-प्रत्यारोपमा उत्रिएका थिए। सबैभन्दा चर्को भाषण गर्नेहरूमा तत्कालीन सांसद किराती र टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष ध्रुवराज राई थिए। राई एमालेमा र किराती नेकपा (माओवादी केन्द्र)मा थिए। अहिले दुवै एउटै दल श्रम संस्कृति पार्टीमा आइपुगेका छन्।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›