निर्वाचनसम्बन्धी दुई विधेयक संसद्मा प्रस्तुत
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभामा दुई निर्वाचनसम्बन्धी विधेयक प्रस्तुत, अर्को बैठक बिहीबार
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले गत निर्वाचनका लागि जारी भएका अध्यादेशलाई प्रतिस्थापन गर्ने दुई विधेयक प्रस्तुत गरेकी छिन् । प्रस्तुत गरिएका विधेयकहरूमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ रहेका छन् । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ७ गते बिहीबार बिहान ११ बजे बस्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›