आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सबै जुटौँ : पूर्वराष्ट्रपति भण्डारी
▸ यस स्टोरीको अंश: सांसद अधिकारी भन्छिन्, आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भइरहेको छ
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले १९औँ गणतन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई ज्ञापन गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी छन्। उनले राज्यका सम्पूर्ण निकाय, राजनीतिक दल र आमनागरिकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यताहरूलाई अझ बढी परिपक्व र परिणाममुखी बनाउन दृढ सङ्कल्पित हुन आह्वान गरेकी छन्। मुलुकको स्वाधीनता, राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सबै जुट्नुपर्ने आवश्यकता औँल्याएकी छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित