लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समूदायका विषयमा सकारात्मक कदम चाल्छु : मन्त्री वादी
▸ यस स्टोरीको अंश: मन्त्री सीता वादीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि सकारात्मक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरिन्
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी र नील हिरा समाजका प्रतिनिधिबीच भेटवार्ता भएको छ । नील हिरा समाज र लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूको महासंघ नेपालले मन्त्रालयको नामाकरण गर्ने सरकारको निर्णयको प्रशंसा गरेको छ । मन्त्री वादीले समुदायको हक, अधिकार र सामाजिक सुरक्षाका विषयमा मन्त्रालय संवेदनशील रहेको र सरोकारवालासँग समन्वय गर्दै अघि बढ्ने बताइन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›