पश्चिमी वायुको प्रभावः पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
▸ यस स्टोरीको अंश: देशभर मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेकाले पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुन सक्नेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›