दुई वर्षमा सक्नुपर्ने बड्डिचौर–खम्बागाडे सडकको प्रगति चार वर्षमा ४० प्रतिशत
▸ यस स्टोरीको अंश: निर्माण व्यवसायीलाई सांसद भुसालको चेतावनी: आयोजनाको काममा ढिलासुस्ती अन्त्य गरिनुपर्छ
राष्ट्रिय प्राथमिकता प्राप्त मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने बड्डिचौर–खम्बागाडे सडक स्तरोन्नति आयोजनाको भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति ३१ प्रतिशतमा सीमित छ । २०८१ असारसम्म सम्पन्न गर्नेगरी सम्झौता भएको १३ किलोमिटर लामो सडकखण्डको निर्माण चार वर्ष बित्न लाग्दा पनि सम्पन्न हुन सकेको छैन । पूर्वाधार विकास निर्देशनालय सुर्खेत र अनक/जयदेवी जेभी बाँकेबीचको सम्झौताअनुसार ४२ करोड ४७ लाख ६१ हजार लागतको आयोजना ठेकेदार कम्पनीले सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि पहिलोपटक थपिएको म्याद पनि सकिन लागेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›