अनुसन्धान र स्वदेशी उद्योगलाई प्राथमिकता दिन महावीर पुनको माग

यस स्टोरीको अंश: महावीर पुनले अनुसन्धान र नवप्रवर्तनका लागि पुँजीगत खर्चको १ प्रतिशत बजेट माग गरे
www.osnepal.com · 1 हप्ता अघि

प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको औद्योगिक विकास र आर्थिक समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र स्वदेशी उद्योगलाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन् । उनले वर्तमान कर नीति उद्योगमैत्री नभएको टिप्पणी गर्दै कच्चा पदार्थको कर घटाउन, बौद्धिक सम्पत्तिको संरक्षणका लागि नेपालमै व्यवस्थित पेटेन्ट अफिस स्थापना गर्न र अन्तर्राष्ट्रिय पेटेन्ट दर्तामा सरकारले अनुदान दिनुपर्नेमा जोड दिए । साथै, नयाँ उद्यमीलाई सुरुवाती कर छुट दिन र अनुसन्धान कार्यलाई बहुवर्षीय योजना तथा बजेटको दायरामा राख्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू